News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेर २ लाख ५१ हजार ९ सय तोकेको छ।
- चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेर ३ हजार ६ सय पुगेको छ भने गत बुधबार ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो।
- सुनको भाउ घट्दा पनि चाँदीको भाउ बढेको समाचारले बजारमा फरक प्रभाव परेको छ।
२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4