+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन ९ सय रुपैयाँ बढेकोमा बिहीबार ४ सय रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ प्रतितोला ६० रुपैयाँ बढेर ३२८० रुपैयाँ तोकिएको छ।

११ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो ।

यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।

विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?