News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ।
- सुनको भाउ पछिल्ला ५ दिनदेखि निरन्तर बढ्दै आइरहेको छ र कात्तिक १९ गतेदेखि ४ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ।
- सोमबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँ पुगेको छ।
२४ कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।
सोमबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4