+
+
Shares

८ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड बन्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य असोज ३१ गतेको २ लाख ५८ हजार रुपैयाँको रेकर्डभन्दा तल छ र डेढ महिनादेखि उच्च भाउ नपुगेको छ।
  • चाँदीको भाउ चार दिनयता दैनिक नयाँ रेकर्ड बनाउँदै बुधबार प्रतितोला ११० रुपैयाँ बढेर ३ हजार ६५५ रुपैयाँ पुगेको छ।

१७ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको मूल्यले डेढ महिनाअघिको सो रेकर्ड तोड्न नसकिरहेका बेला चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।

बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?