+
+
Shares

सुनको भाउ तोलामा १३०० रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ५ मंसिरका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १३०० रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ पनि ८५ रुपैयाँले घटेर ३१०० रुपैयाँमा कारोबार भएको छ।

५ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १३०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार रुपैयाँ तय भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन तोलामा ८५ रुपैयाँले चाँदी घटेको छ । हिजो ३१८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१०० मा झरेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?