+
+
Shares

एकैदिन करिब ५ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको भाउ प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ पनि प्रतितोला १०५ रुपैयाँले बढेर ३ हजार १७० रुपैयाँ कायम गरेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ।

२५ कात्तिक, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?