+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुनचाँदीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको बताएको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँ घटेर ३ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ।
  • असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार र बुधबार चाँदीको भाउ ३ हजार ६५५ रुपैयाँ पुगेर रेकर्ड कायम भएको छ।

१९ मंसिर, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।

यसअघि चाँदी बुधबार हालसम्मकै उच्च प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सुनको भाउ असोज ३१ गते हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?