News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेर पहिलो पटक ४ हजार नाघेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ एकैदिन १७० रुपैयाँले बढेको जनाएको छ।
- सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ।
२ पुस, काठमाडौं । बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4