+
+
Shares

तोलामा ५ हजार ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको ३ लाख १४ हजार ९ सय रुपैयाँभन्दा ५ हजार १ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँ पुगेको छ।

१७ फागुन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । मध्यपूर्वमा देखिएको तनावका कारण सोमबार सुनको भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सुनसँगै चाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?