News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सयले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य बुधबार ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो जुन हालसम्मकै उच्च हो।
२१ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनको मूल्य घटे पनि चाँदीको बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बुधबार हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4