+
+
Shares

चाँदीको सिक्का किन्न टक्सार महाशाखामा भीड (तस्वीरहरू)

चाँदीको सिक्का किन्न  मंगलबारदेखि टक्सार महाशाखामा भीड लागेको छ । राष्ट्र बैंकका अनुसार यसपटक सुनको असर्फी विक्री बन्द गरिएको छ भने चाँदीका सिक्का मात्रै उपलब्ध गराएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असोज २९ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले यसवर्ष सर्वसाधारणलाई चाँदीको सिक्का बिक्री गरिरहेको छ।
  • चाँदीको सिक्का किन्न बिहानैदेखि टक्सार महाशाखामा भीड लागेको छ।
  • राष्ट्र बैंकले सुनको असर्फी विक्री बन्द गरी चाँदीका सिक्का मात्र उपलब्ध गराएको हो।

२९ असोज, काठमाडौं। नेपाल राष्ट्र बैंकले यसवर्ष सर्वसाधारणलाई चाँदीको सिक्काको मात्रै बिक्री खुला गरेको छ । चाँदीको सिक्का किन्न  मंगलबारदेखि टक्सार महाशाखामा भीड लागेको छ ।

टक्सार महाशाखाका अनुसार १०/१० ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । सिक्का आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार यसपटक व्य सुनको असर्फी विक्री बन्द गरिएको छ भने चाँदीका सिक्का मात्रै उपलब्ध गराएको छ ।

पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको र बजारमा माग बढेको भएपनि आपूर्तिमा कमी देखिएको छ । विश्वभर अधिकांश केन्द्रीय बैंकले सञ्चितिको रुपमा सुन कायम राखिरहँदा आपूर्तिमा कमी देखिएको छ। बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ ।

टक्सार महाशाखाले १०/ १० ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?