
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ ३१ असोजमा प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा १ हजार ९ सय रुपैयाँले बढेको हो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको नयाँ रेकर्ड भाउ तोकेको छ, जुन गत शुक्रबारको २ लाख १५ हजार ८ सय रुपैयाँभन्दा बढी हो।
- चाँदीको भाउ पनि नयाँ रेकर्डमा पुगेको छ र प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले बढेको हो।
३१ असोज, काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।
चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4