News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ बढेको बताएको छ।
- सुनको भाउ अघिल्लो दिन ३ लाख ९ हजार ४ सय रुपैयाँबाट ३ लाख ९ हजार ५ सय रुपैयाँमा पुगेको छ।
- चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ।
२ चैत, काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ ।
यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4