२ चैत, काठमाडौं । पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन् ।
राष्ट्रिय टोलीको कप्तान भइसकेका मल्लले समानुपातिकतर्फ रास्वपाको बन्द सूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँदै लेखेका छन्, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार-जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।’
मल्ल जनजाति कलस्टरबाट रास्वपाको समानुपातिकको बन्दसूचीमा थिए । तर, उनी रास्वपाले प्राप्त गरेको ५७ जना सांसदको सूचीमा स्थान बनाउन सकेनन् ।
उनले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया 4