+

राष्ट्रिय लिग : एपीएफ फेरि बराबरीमा रोकियो, चर्च ब्वाइज पराजित

२०८२ चैत  १ गते २२:१० २०८२ चैत १ गते २२:१०
राष्ट्रिय लिग : एपीएफ फेरि बराबरीमा रोकियो, चर्च ब्वाइज पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीसँग गोलरहित बराबरी खेलेको छ ।
  • एपीएफले ११ खेलमा चौथो बराबरी खेलेर अपराजित यात्रा कायम राखेको छ ।
  • चर्च ब्वाइज युनाइटेडले फ्रेण्ड्स क्लबसँग २-० ले पराजित भएको छ ।

१ चैत, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार चित्लाङ एफसीसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीले एपीएफको शीर्ष स्थानमा उक्लने अवसर पनि गुमायो ।

पछिल्लो चार खेलमा एपीएफको यो तेस्रो बराबरी हो । विभागीय डर्बी नेपाल पुलिस क्लब र त्यसपछि प्लानिङ ब्वाइज युनाइटेडसँग बराबरी खेलेको एपीएफले अर्को विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई हराएको थियो । तर फेरि चित्लाङ एफसीसँग बराबरीमा रोकिएको हो ।

११ खेलमा चौथो बराबरी खेलेको एपीएफले अपराजित यात्रा कायम राखेपनि शीर्ष स्थानमा उक्लने अवसर गुमायो । ११ खेलबाट मछिन्द्र एफसी समान २५ अंक जोडेपनि एपीएफ दोस्रो स्थानमै छ ।

चित्लाङ १२ खेलबाट ८ अंकसहित १५औं स्थानमै छ ।

आइतबारै साँझ दशरथ रंगशालमा भएको खेलमा उपाधि दाबेदारमध्ये एक चर्च ब्वाइज युनाइटेड फ्रेण्ड्स क्लबसँग २-० ले पराजित भएको छ । फ्रेण्ड्सका लागि मासाय ताहारले २८औं र मौसम सुब्बाले ४५औं मिनेटमा गोल गरे ।

लिगमा ११ खेल खेल्दा चर्च ब्वाइजको यो दोस्रो हार हो । यो हारले चर्च ब्वाइजले शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । चर्च ब्वाइज १० खेलबाट २२ अंकसहित चौथो स्थानमै छ ।

फ्रेण्ड्सको भने यो दोस्रो जित हो । १० खेलबाट १२ अंक जोडेको फ्रेण्ड्स ११औं स्थानमा छ ।

तस्बीर: एन्फा

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय