+

एचजेएनबीएल : प्लेबक्समाथि रोएलको रोमाञ्चक जित

२०८२ चैत  १ गते १९:५१ २०८२ चैत १ गते १९:५१
एचजेएनबीएल : प्लेबक्समाथि रोएलको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत रोएलले प्लेबक्सलाई ७६-७३ ले पराजित गरेको छ ।
  • टाइम्स इन्टरनेसनल कलेजले त्रिभुवन आर्मी क्लबलाई ८०-६८ ले हराएको छ ।
  • लिगमा ८ टोली प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् ।

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) २०२६ अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोएलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६-७३ ले परनजित गरेको हो ।

रोएलले पहिलो क्वाटरमा १६-१२ र दोस्रो क्वाटरमा १८-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ३४-२६ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा दुवैले २०-२० अंक जोडे । चाैथो क्वाटरमा प्लेबक्सले उत्कृष्ट प्रदर्शन गर्दै २७-२२ ले आफ्नो पक्षमा पारेपनि पर्याप्त भएन ।

रोएलका अनिल अर्मजा पुनले सर्वाधिक २१ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

लिगको सुरुवाती दुई खेल जितेर लयमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ । आर्मीलाई शनिबार राती सम्पन्न खेलमा टाइम्स इन्टरनेसनल कलेजले ८०-६८ ले पराजित गरेको छ ।

आर्मीले पहिलो क्वाटरमा १५-१४ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वाटर टाइम्सले २३-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३७-२९ को अग्रता बनायो । त्यसपछि तेस्रो क्वाटरमा दुवै टिमले २१-२१ अंक स्कोर गरे । चौथो क्वाटरमा पनि लय कायम राख्दै टाइम्सले २२-१८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

टाइम्सका लागि मनिस केसीले सर्वाधिक २२ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय