+

अर्जेन्टिना र स्पेनबीचको फिनालिसिमा रद्द

२०८२ चैत  १ गते २०:३० २०८२ चैत १ गते २०:३०
अर्जेन्टिना र स्पेनबीचको फिनालिसिमा रद्द

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वको युद्धका कारण मार्च २६ मा कतारमा हुने भनिएको अर्जेन्टिना र स्पेनबीचको फिनालिसिमा खेल रद्द भएको छ ।
  • कतार फुटबल संघले सम्पूर्ण फुटबल गतिविधि स्थगित गरेपछि युइएफएले रियल मड्रिडको मैदानमा खेल गर्ने प्रस्ताव राखेको थियो ।
  • अर्जेन्टिना फुटबल संघले वैकल्पिक प्रस्ताव अस्वीकार गरेपछि युइएफएले खेल रद्द भएको विज्ञप्ति जारी गरेको छ ।

१ चैत, काठमाडौं । अर्जेन्टिना र स्पेनबीच हुने भनिएको फिनालिसिमालाई पनि मध्यपूर्वको युद्ले असर गर्दा खेल रद्द भएको छ ।

युरो च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच यही मार्च २६ मा कतारमा फिनालिसिमा खेल हुने तय थियो । तर मध्यपूर्वको युद्ध पछि नै यस खेल हुने/नहुने अन्योल बढेको थियो ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि अहिले मध्यपूर्वका खेलकुद कार्यक्रमहरु स्थगित/रद्ध भइरहेको छ ।

कतार फुटबल संघले सम्पूर्ण फुटबल गतविधि तत्कालका लागि स्थगित गरेपछि पिनालिसिमा विश्वका अन्य स्टेडियमहरुमा गर्ने चर्चा समेत चलेको थियो ।

त्यसमध्ये युरोपियन फुटबल महासंघ (युइएफए) ले रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा खेल गर्न प्रस्थाव गरेको थियो । तर अर्जेन्टिनाले उक्त प्रस्ताव अस्विकार गरेपछि यो खेल रद्द भएको हो ।

युइएफए आइतबार विज्ञप्ती जारी गर्दै खेल रद्द भएको जनाएको हो ।

‘मध्यपूर्वको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा फिनालिसिमा खेलाउन नसकिने भयो ।’ युइएफएले विज्ञप्तीमा भनेको छ ।

युइएफले अन्य वैकल्पिक उपायहरुको लागि प्रयास गरेपनि अर्जेन्टिना फुटबल संघले त्यसलाई अस्वीकार गरेको युइएफले जनाएको छ ।

फिनालिसिमामा विश्वकप फुटबलका स्टार लिओनल मेसी र युवा स्टार लामिन यमालबीचको खेल हेर्न दर्शकहरु प्रतिक्षामा थिए । तर खेल रद्द भएपछि अब तत्काल त्यो सम्भव नहुने भएको छ ।

फिनालिसिमा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय