+

म्यानचेष्टर युनाइटेडको सानदार जित

२०८२ चैत  १ गते २२:२७ २०८२ चैत १ गते २२:२७
म्यानचेष्टर युनाइटेडको सानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको छ ।
  • ओल्डट्राफोर्टमा प्राप्त जितपछि युनाइटेडले ३० खेलबाट ५४ अंक जोडेको छ ।
  • कासेमिरो, माथ्युज कुन्हा र बेन्जामिन सेस्कोले गोल गरेपछि युनाइटेडले जित हात पारेको हो ।

१ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार राती सम्पन्न खेलमा एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान ओल्डट्राफोर्टमा प्रभावशाली जितपछि तेस्रो स्थानको युनाइटेडले एस्टल भिल्लामाथि ३ अंकको अग्रता बनाएको छ ।

युनाइटेडको ३० खेलबाट ५४ अंक भएको छ भने समान खेलबाट भिल्लाको ५१ अंक छ ।

कासेमिरोले ५३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लाई अग्रता दिलाएका थिए । रोस बार्कलेले ६४औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काएका थिए । तर माथ्युज कुन्हाले ७१औं मिनेटमा गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो । बेन्जामिन सेस्कोले ८१औं मिनेटमा गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।

लिगकै अन्य खेलमा क्रिस्टल प्यालेस र लिड्स युनाइटेड तथा नटिङहम फरेस्ट र फुलहमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय