+

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

२०८२ चैत  १ गते २३:०७ २०८२ चैत १ गते २३:०७
राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-२ को जित हात पारेको छ ।
  • राफिन्हाले खेलको नवौँ, २१औं र ५१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
  • बार्सिलोनाले रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ ।

१ चैत, काठमाडौं । राफिन्हाकव ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि सानदार जित हात पारेको छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राती घरेलु मैदानमा सेभियालाई ५-२ ले पराजित गर्दै रियल मड्रिडमाथि फेरि ४ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले २८ खेलबाट ७० अंक जोडेको छ । सेभिया २८ खेलमाट ३१ अंकसहित १५औं स्थानमा छ ।

राफिन्हाले खेलको नवौँ मिनेटमै पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए भने २१औं मिनेटमा पेनाल्टीमै अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

रापिन्हाले ५१औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

बार्सिलोनाका लागि डानी ओल्मोले ३८औं  र जाआओ कान्सेलोले ६०औं मिनेटमा गोल गरेका थिए ।

सेभियाका लागि पहिलो हाफको इन्जुरी टाइममा ओसोले गोल गरेका थिए भने डिब्रिल सोले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे ।

बार्सिलोना ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय