+

प्रिमियर लिग : रिचार्लिसनको गोलमा टोटनहमले लिभरपुलसँग अंक खोस्यो

२०८२ चैत  २ गते ७:३७ २०८२ चैत २ गते ७:३७
प्रिमियर लिग : रिचार्लिसनको गोलमा टोटनहमले लिभरपुलसँग अंक खोस्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिमियर लिगमा लिभरपुलले टोटनहमसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
  • लिभरपुलका डोमिनिक सोबोजले सुरुवाती अग्रता दिलाएपनि टोटनहमले अन्तिम मिनेटमा बराबरी गोल फर्कायो ।
  • बराबरीपछि लिभरपुल ३० खेलबाट ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

२ चैत, काठमाडौं । रिचार्लिसनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा लिभरपुललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिरभपुलले सुरुवाती अग्रता लिएपनि अन्तिममा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

डोमिनिक सोबोजलाई १६औं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर टोटनहमका रिचार्लिसनले ९०औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि लिभरपुल ३० खेलबाट  ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । लिभरपुलले चेल्सीलाई १ अंकले पछि पारेको छ भने चौथो स्थानको एस्टन भिल्ला भन्दा २ अंकले पछि छ ।

३० ३० अंकसहित १६औं स्थानमा छ । रेलिगेसन जोनको टिम भन्दा टोटनहम १ अंककले मात्र अघि छ ।

तस्बीर: टोटनहमको फेसबुकबाट

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय