+
+
Shares

प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट २३ लाख २९ हजार ७५३ रुपैयाँ चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्।
  • थापाले मनोनयन दर्ता, प्रचारप्रसार सामग्री, विद्युतीय माध्यम प्रचार, बैठक, घरदैलो, कार्यकर्ता परिचालन र मोबाइल रिचार्जमा खर्च विवरण दिएका छन्।
  • उनले विद्युतीय माध्यम प्रचारमा चार लाख ५२ हजार र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ ।

थापाले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत सवारीसाधन भाडा खर्च तथा इन्धन खर्च, प्रतिबद्धता पत्र, नमूना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि एक लाख १२ हजार ६६ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

विद्युतीय माध्यमबाट प्रचारप्रचारका लागि डिजाइन, फोटो र अडियोका लागि चार लाख ५२ हजार र अध्ययन अनुसन्धान र सामाजिक सञ्जालमा ६ लाख ७८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

विभिन्न बैठक, गोष्ठी तथा कार्यकर्ता परिचालनअन्तर्गत पार्टी बैठकका लागि १ लाख ७४ हजार ७४९,  घरदैलोमा १ लाख ८६ हजार, निर्वाचन र मतगणना अवधिमा कार्यकर्ता परिचालनमा २ लाख ४८ हजार खर्च भएको छ ।

मोबाइल फोन रिचार्ज कार्डमा ९ हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणना स्टेशनरी र विविध शीर्षकमा १ लाख ४४ हजार ४०८ रुपैयाँ गरी कुल २३ लाख २९ हजार ७५३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?