+
+
Shares

धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १२:१६

२ चैत, काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?