+
+
Shares

धनुषा-१ : विवादका बीच नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी किशोरी शाह कमलको उम्मेदवारी खारेजी भएपछि मतगणनाको अन्तिम परिणाम विवादमा छ।
  • सर्वोच्च अदालतले निर्वाचन क्षेत्र १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको बेला यादवले प्रमाणपत्र हस्तान्तरणको दबाब दिएका थिए।

२५ फागुन, जनकपुरधाम । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

अन्तिम मतगणना परिणामअनुसार यादवको १० हजार ४०३ मत आएको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत रास्वपाको चुनाव चिह्नमा आएको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।

गत फागुन १८ गते रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएछन् ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो ।

तर उम्मेदवार खारेजीको अवस्थामा त्यसपछि आफ्नो पहिलो मत रहेकाले निर्वाचन परिणाम घोषणा गर्न र आफूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्न नेकपाका उम्मेदवार यादवले दबाब दिएका थिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?