News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको ढल्केबरमा सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा प्रदर्शन गरेका छन्।
- सुकुमवासीहरूले उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायत नारा लेखिएको प्लेकार्डसहित कोणसभा गरेका छन्।
- भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन र बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई आग्रह गरे।
२७ वैशाख, जनकपुरधाम । धनुषाको ढल्केबरमा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन् ।
उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका छन् ।
कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गरे । बसिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न उनको माग छ ।
‘सुकुमवासी व्यवस्थापनको लागि सरकारले लिएको नीति सह्रानीय छ । तर सुकुमवासीको घरमा डोजर लगाउनुभन्दा पहिले व्यवस्थापन गर्नुपर्यो बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ’ उनले भने ।
मिथिला नगरपालिका ३ दिनाभद्री सुकुम्बासी टोलका गोबिन्द सदाले वस्तीका डोजर नचलाउन र लालपुर्जा उपलब्ध गराउन आग्रह गरे ।
प्रतिक्रिया 4