News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।
- तिहारयता सुनको मूल्य १७ हजार १ सय रुपैयाँ घटिसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको छ।
१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १७ हजार १ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँ रहेको चाँदी आज ३ हजार ४९० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4