१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान,४० वर्षीया सकुन्तला पासवान र १८ वर्षीय करण पासवान रहेका छन् ।
सोमबार राति पौने ८ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4