+
+
Shares

तीन दिनमा प्रतितोला १३ हजार १ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • पछिल्लो तीन दिनमा सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँले बढेको छ।
  • आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ।

२२ साउन, काठमाडौं । तीन दिनमै सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँ बढेको छ । बुधबार ४ हजार २ सय, बिहीबार ८ हजार र शुक्रबार ९ सय रूपैयाँले सुन महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँ थियो भने बुधबार २ लाख ८८ हजार रुपैयाँ तथा मंगलबार २ लाख ८३ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?