+
+
Shares

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३८० रुपैयाँ पुगेको छ ।

१९ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८४ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३५० रुपैयाँ रहेकोमा आज ३० रुपैयाँ बढेसँगै आज ४ हजार ३८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?