+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको छ ।
  • अघिल्लो दिन सुनको मूल्य २ लाख ८३ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ थियो ।

१८ साउन, काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३१५ रुपैयाँ रहेकोमा ३५ रुपैयाँ बढेसँगै ४ हजार ३५० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?