+
+
Shares

तोलामा ४ हजार २ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढाएर २ लाख ८८ हजार रुपैयाँ कायम गरेको छ ।
  • अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९५ रुपैयाँ बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको छ ।
  • नेपाली बजारमा सुनको मूल्य माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड कायम छ ।

२० साउन, काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

यसअघि सुनको भाउ माघ १५ गते नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?