+
+
Shares

दुई दिनमा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेर २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
  • अघिल्लो दिन पनि सुनको मूल्य २ हजार १ सय रुपैयाँ घटेको थियो, र दुई दिनमा कुल ४ हजार ३ सय रुपैयाँ घटेको छ ।
  • चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको छ ।

२७ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?