+
+
Shares

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १०:४७

१३ असोज, काठमाडौं । दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?