+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ११:२५

२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँ बढेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?