News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली बजारमा आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ।
- यो भाउ गत शुक्रबारको तुलनामा तोलामा २ हजार १ सय रुपैयाँ कम हो।
- चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलाको ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
२० पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यो भाउ गत शुक्रबारको दाँजोमा तोलामा २ हजार १ सय रुपैयाँ कम हो । त्यस दिन सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर तोलाको ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार सुनको भाउ गत बिहीबार तोलाको २ लाख ५९ हजार ६ सय, बुधबार २ लाख ६१ हजार, मंगलबार २ लाख ६२ हजार १ सय, सोमबार २ लाख ७० हजार र आइतबार हालसम्मकै सर्वाधिक २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4