+
+
Shares

सुनको भाउ घट्ने क्रम जारी

आज बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेर २ लाख ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • मंगलबार सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँ घटेको थियो भने चाँदीको भाउ पनि १ सय २० रुपैयाँ घटेर ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता सुनको भाउ क्रमशः तोलाको २ लाख ७० हजारदेखि २ लाख ६७ हजार ५ सय रुपैयाँसम्म घटेको छ।

१६ पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । हिजो मंगलबार भने एकै पटक तोलामा ७ हजार ९ सय रुपैयाँ घटेको थियो ।

आज बुधबार सुन तोलाको २ लाख ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको २ लाख ६२ हजार १ सय थियो ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदा आज बुधबार १ सय २० रुपैयाँ घटेर ४ हजार ४ सय ७० कायम भएको छ ।

महासंघका अनुसार छापावाल सुन गत सोमबार तोलाको २ लाख ७० हजार, आइतबार २ लाख ७० हजार ६ सय, शुक्रबार २ लाख ६९ हजार ३ सय र बिहीबार २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?