News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
- सुनको भाउ एक सातामा २७ हजार ४ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि आइतबार प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ।
८ चैत, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।
गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने बाध्यता छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिएसँगै मूल्यवृद्धि बढ्न थालेको छ । यहीं कारण विश्वव्यापी रुपमै ब्याजदर बढाउन दवाव पुगिरहेको छ, जसले सुनचाँदीको मूल्यलाई दवाव दिइरहेको छ ।
आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।
एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया 4