News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँ थियो र गत माघ १५ गते ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो।
- चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँमा झरेको छ।
२८ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4