News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ।
- सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ।
- गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय र चाँदीको भाउ ५ हजार ३० रुपैयाँ थियो।
२८ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत सोमबार ५ हजार ३० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4