+
+
Shares

तोलामा २ हजार २ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय र चाँदी ५ हजार १५० रुपैयाँ तोकेको छ।
  • माघ १५ गते सुनको भाउ ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, अहिले सुनको भाउ करिब ३२ हजार घटिसकेको छ।

४ चैत, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार ३३५ रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ३२ हजार घटिसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?