News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ कायम गरेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ७ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको छ।
२५ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी पनि केही घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँले चाँदीको भाउ घटेसँगै ५ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४७५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4