+
+
Shares

एक सातामा १७ प्रतिशत महँगियो चाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चाँदीको भाउ एक सातामै १७ प्रतिशत बढेर गत बुधबार ४ हजार ८८० रुपैयाँबाट आज ५ हजार ७१५ रुपैयाँ पुगेको छ।
  • आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा १३० रुपैयाँले बढेको छ र अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।
  • सुनको भाउ आज स्थिर रहे पनि विगत एक सातामा ४.७ प्रतिशत बढेर गत बुधबार ३ लाख ४ सय रुपैयाँबाट आज ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ।

१३ फागुन, काठमाडौं । एक सातामै चाँदीको भाउ १७ प्रतिशत बढेको छ । गत बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदी आज ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा १३० रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

सुनको भाउ आज स्थिर रहे पनि विगत एक सातामा ४.७ प्रतिशत बढेको छ । गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १४ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुन त्यसयता केही घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?