२७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।
त्यसैगरी, आज मंगलबार चाँदीको भाउ भने सामान्य घटेको छ । हिजो सोमबार ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ४० रुपैयाँ कायम छ ।
हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4