+
+
Shares

जेनजीले गर्ने ‘६-७ डेटिङ’ के हो ?

यहाँ सधैँ म्यासेज गरिरहनुपर्ने वा अबेर रातिसम्म फोनमा झुण्डिनुपर्ने दबाब हुँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजीहरूले व्यक्तिगत सीमा र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै ६-७ डेटिङलाई व्यवस्थापन गर्न सजिलो र कम दबाबपूर्ण मान्छन्।

सम्बन्धका नियमहरूलाई नयाँ ढङ्गले परिभाषित गर्न ‘जेनजी’ खप्पिस छन् । ‘६-७ डेटिङ’ यसको पछिल्लो उदाहरण हो । डेटिङ एप्स, व्यस्त तालिका र मानसिक थकानले भरिएको यो संसारमा उनीहरूले आत्मीयतालाई आफ्नै सर्तमा व्याख्या गरिरहेका छन् । उनीहरू कुनै परम्परागत लेबल वा चौबीसै घण्टाको कुराकानीमा विश्वास गर्दैनन् । बरू ६-७ जस्तो सीमित तथा अर्थपूर्ण सम्बन्धमा जोड दिन्छन् ।

के हो, ६-७ डेटिङ ?

६-७ डेटिङ भन्नाले यस्तो सम्बन्धलाई बुझाउँछ, जहाँ दुई व्यक्ति मुख्यतया साँझ ६ बजेदेखि ७ बजेको बीचमा मात्र एकअर्कासँग जोडिन्छन् । यो समयमा उनीहरू फोन कल, म्यासेज वा छोटो भेटघाट गर्न सक्छन् । यसको अर्थ दिनभरि सँगै बिताउने वा छिनछिनमा खबर आदान-प्रदान गर्ने भन्ने होइन, त्यसको सट्टा एउटा निश्चित र अनुशासित समय छुट्याउनु हो । धेरै जेनजीहरूको हकमा यो शैली व्यवस्थापन गर्न सजिलो, कम दबाबपूर्ण र व्यावहारिक लाग्ने गर्छ ।

जेनजीहरू किन ६-७ डेटिङ अपनाउँदै छन् ?

अघिल्ला पुस्ताको तुलनामा जेनजीहरूले आफ्नो व्यक्तिगत सीमा र मानसिक स्वास्थ्यलाई बढी प्राथमिकता दिन्छन् । पढाइको तनाव, अतिरिक्त काम र डिजिटल थकानका कारण सधैँ उपलब्ध भइरहनु उनीहरूका लागि बोझिलो हुन सक्छ । त्यसको विकल्पमा उदाएको ६-७ डेटिङले त्यस्तो समस्या हल गर्छ । यसमा सम्बन्ध पनि रहन्छ र व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पनि हुँदैन ।

६-७ डेटिङ परम्परागत डेटिङभन्दा कसरी फरक छ ?

परम्परागत डेटिङमा बारम्बार कुराकानी र अचानक बनाइने योजनाहरूको अपेक्षा गरिन्छ । तर ६-७ डेटिङमा तीव्रतामा भन्दा पनि निरन्तरता हुन्छ । यहाँ सधैँ म्यासेज गरिरहनुपर्ने वा अबेर रातिसम्म फोनमा झुण्डिनुपर्ने दबाब हुँदैन । बरू, सहमति गरिएको एउटा निश्चित समयमा एकअर्काका लागि उपस्थित हुनुलाई नै महत्त्व दिइन्छ ।

तर यस्तो डेटिङ कसैका लागि प्रभावकारी हुन पनि सक्छ । किनकि कतिपयले एउटा निश्चित समयलाई प्रतीक्षा गर्न सक्दैनन् । अथवा यो ट्रेन्डलाई फलो गर्न सक्दैनन् ।
अनुशासन, व्यक्तिगत स्वतन्त्रता र अर्थपूर्ण सम्बन्धलाई महत्त्व दिनेका लागि यो ६-७ डेटिङ उपयुक्त हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?