+

शरीरमा अक्सिजन कम भए के गर्ने ?

२०८२ माघ  २५ गते १८:३६ २०८२ माघ २५ गते १८:३६

सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।

शरीरमा अक्सिजन कम भए के गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन ९५–९७ प्रतिशत हुनुपर्छ र ९० प्रतिशतभन्दा कम भएमा अक्सिजन सपोर्ट आवश्यक पर्छ।
  • दम, फोक्सो समस्या भएका बिरामीमा ९०–९२ प्रतिशत अक्सिजन स्तर राख्नुपर्छ र ९० प्रतिशतभन्दा कम हुँदा तुरुन्त चिकित्सकीय ध्यान चाहिन्छ।
  • अक्सिजन सपोर्टका लागि सिलिन्डर, कन्सन्ट्रेटर, मास्क वा नेजल क्यानुला प्रयोग गरिन्छ र चिकित्सकको सल्लाहबिना आफैं प्रयोग गर्नु हुँदैन।

हामी दिनमा दुई–तीन किलो खाना खान्छौं र पाँच लिटर जति पानी पिउँछौं । तर दिनभर सास फेर्दा आवश्यक पर्ने दशौं हजार लिटर अक्सिजनलाई भने हामीले कहिल्यै गनेका छैनौं ।

अक्सिजन बिना जीवन असम्भव छ, तर यसको महत्व हामी प्रायः बिरामी भएपछि मात्र बुझ्छौं । बढ्दो वायु प्रदूषणका कारण वायुमण्डलमा अक्सिजनको मात्रा घट्दै जाँदा धेरै मानिस अक्सिजन सपोर्टमा निर्भर हुन थालेका छन् ।

यस्तो अवस्थामा सामान्य मानिसको अक्सिजन लेभल कति हुनुपर्छ ? कहिले अक्सिजन मास्क वा सिलिन्डर आवश्यक पर्छ ? धेरै अक्सिजन पनि हानिकारक हुन्छ ?

यी प्रश्नहरूको जवाफ फोक्सो तथा दमरोग विशेषज्ञ डा. नवीनकुमार मिश्र यसरी दिन्छन् ।

मानिसको सामान्य अक्सिजन लेभल कति हुनुपर्छ ?

सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।

सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।

९७ प्रतिशतभन्दा माथि हुनु अझ राम्रो हो। यो स्तरले शरीरमा पर्याप्त अक्सिजन पुगिरहेको संकेत गर्छ । तर यो उचाइमा पनि निर्भर गर्छ; उचाइमा जाँदा अक्सिजनको दबाब कम हुँदै जान्छ ।

कुन अवस्थामा अक्सिजन सपोर्ट (मास्क वा सिलिन्डर) आवश्यक पर्छ ?

दीर्घरोगीहरू (दम, फोक्सोको समस्या, मुटु सुन्निएको, रगत बाक्लो भएको आदि) मा SpO₂ ९० प्रतिशतभन्दा कम भएमा अक्सिजन सपोर्ट आवश्यक पर्छ ।

सुत्दा सास फेर्ने मांसपेशीहरू कम सक्रिय हुने भएकाले राति झन् बढी आवश्यकता पर्छ । यदि ९० प्रतिशतभन्दा कम छ र सास फेर्न गाह्रो भइरहेको छ भने चिकित्सकको सल्लाहमा अक्सिजन दिनुपर्छ ।

सुत्दा सास फेर्ने मांसपेशीहरू कम सक्रिय हुने भएकाले राति झन् बढी आवश्यकता पर्छ । यदि ९० प्रतिशतभन्दा कम छ र सास फेर्न गाह्रो भइरहेको छ भने चिकित्सकको सल्लाहमा अक्सिजन दिनुपर्छ ।

सामान्यतया कम्तीमा १५ घण्टा, सकेसम्म २४ घण्टा दिनुपर्छ। तर यो आफैंले होइन, कारण हेरेर मात्र दिनुपर्छ, जस्तै: निमोनिया, दम आदि)। दमका बिरामीमा लक्ष्य ९०–९२ प्रतिशत हुन्छ ।

अक्सिजन लेभल कम भएपछि कुन स्तरलाई गम्भीर मानिन्छ ?

९० प्रतिशतभन्दा कमलाई संवेदनशील वा गम्भीर मानिन्छ ।

यस्तो अवस्थामा तुरुन्त चिकित्सकीय ध्यान चाहिन्छ, किनकि यो दम मात्र नभई निमोनिया, कोरोना जस्ता कारणले पनि हुन सक्छ ।  ९० प्रतिशत मुनि गएमा मुटु, मस्तिष्कलगायत अंगहरू प्रभावित हुन थाल्छन् ।

दमका बिरामीमा ९०–९२ प्रतिशत नै पर्याप्त हुन्छ, तर निमोनिया वा रुघाखोकी लागेको बेला ९५ प्रतिशत चाहिन्छ । सामान्य अवस्थामा भने ९५ प्रतिशतभन्दा माथि नै लक्ष्य राखिन्छ।

अक्सिजन कम हुँदा शरीरमा कस्ता लक्षण देखिन्छन्?

– सास फेर्न गाह्रो हुनु

– टाउको दुख्नु

– रिंगटा लाग्नु

– धमिलो देख्नु

– पक्षाघात वा हृदयघातको जोखिम बढ्नु

– रगत बाक्लो भएमा यी लक्षणहरू अझ बढी देखिन्छन् । सुत्दा झन् बढी प्रभाव पर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ ।

अक्सिजन सपोर्टका मुख्य उपायहरू के–के छन् ?

– अक्सिजन सिलिन्डर

– अक्सिजन कन्सन्ट्रेटर (इलेक्ट्रिक वा पोर्टेबल)

– मास्क वा नेजल क्यानुला

– प्रायः कन्सन्ट्रेटर शिफारिस गरिन्छ किनकि यो घरमा बिजुली भएसम्म आफैं अक्सिजन उत्पादन गर्छ । सिलिन्डर ब्याकअपका लागि राम्रो हुन्छ, विशेष गरी बत्ती गएमा वा बाहिर जाँदा ।

– पोर्टेबल (ब्याट्री सञ्चालित) कन्सन्ट्रेटर काँधमा बोकेर हिँड्न सकिन्छ, जुन हवाई यात्रामा पनि प्रयोग हुन्छ। सामान्यतया १–२ लिटर प्रति मिनेट दिने गरिन्छ ।

अक्सिजन कन्सन्ट्रेटरको मूल्य कति पर्छ ? नेपालमा:

५ लिटर मोडल: रु. ४८,०००–७५,०००

१० लिटर मोडल: रु. ६५,९९९–१,०६,०००

पोर्टेबल कन्सन्ट्रेटर: रु. १,५५,०००–३–४ लाख

अक्सिजन कन्सन्ट्रेटर बजेटअनुसार छनोट गर्न सकिन्छ । र, कम्तीमा २ वर्षको वारेन्टी भएका मोडल लिनु राम्रो हुन्छ।

अक्सिजन सिलिन्डरको मूल्य र भाडा कति पर्छ ?

पोर्टेबल सिलिन्डर: रु. १९,०००–४७,०००

ठूलो सिलिन्डर: १–१.५ दिन चल्छ, रिफिल रु. ५०० हाराहारी भाडामा पनि लिन सकिन्छ (साप्ताहिक/मासिक), तर दैनिक रिफिल गर्नुपर्ने भएकाले खर्च र झन्झट बढ्छ ।

दुई महिनाको रिफिल खर्चमा एउटा कन्सन्ट्रेटर किन्न सकिन्छ।

घरमा अक्सिजन सिलिन्डर/कन्सन्ट्रेटर राख्दा ध्यान दिनुपर्ने कुरा :

– पल्स अक्सिमिटर अनिवार्य राख्ने (स्तर नियमित जाँच गर्न)

– कन्सन्ट्रेटरको फिल्टर नियमित सफा गर्ने

– बत्ती गएको अवस्थामा ब्याकअप सिलिन्डर राख्ने

– सानो पोर्टेबल सिलिन्डर ट्रान्सफरका लागि राख्ने

– मास्क वा नेजल क्यानुला प्रयोग गर्ने

– मर्मतमा विशेष ध्यान दिने

– सबैभन्दा महत्वपूर्ण : चिकित्सकको सल्लाहबिना कहिल्यै आफैं प्रयोग नगर्ने

सावधानी 

धेरै अक्सिजन पनि हानिकारक हुन्छ । अक्सिजन सपोर्ट घरमै आफैं व्यवस्थापन गर्न सकिन्छ । (विशेष गरी दमका बिरामीले), तर मनलाग्दी गर्नु हुँदैन । धेरै अक्सिजनले पनि नकारात्मक असर गर्छ। प्रयोग गर्दा नियमित व्यायाम र दैनिक

क्रियाकलाप जारी राख्नुपर्छ, जसले अक्सिजन आवश्यकता घटाउँछ। यदि अस्पताल भर्ना आवश्यक परे चिकित्सकले नै निर्णय गर्छन् ।

अक्सिजन कम भएपछि निको हुन कति समय लाग्छ ?

रिकभरी कारणमा निर्भर गर्छ ।

जस्तो कि,

  निमोनियाबाट भए ५–१० दिनमा रिकभर हुन सक्छ (उपचारपछि)  ।

–  दम वा गम्भीर फोक्सो रोगबाट भए स्थायी सपोर्ट चाहिन सक्छ ।

– रगत बाक्लो भए बाँचुन्जेल अक्सिजन चाहिन सक्छ ।

–  नियमित पल्स अक्सिमिटरबाट जाँच गर्दै रिकभरी ट्र्याक गर्नुपर्छ । अस्पताल भर्ना  गर्ने कि घरमै उपचार गर्ने भन्ने निर्णय चिकित्सकले अवस्था हेरेर गर्न सक्छन् ।

अक्सिजन
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम