+
+
Shares

कलाकार सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मृत्युको कारण मुटुको नसा ब्लकेज

६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्तपालका निधन भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्टअनुसार हृदयघातबाट मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

२५ माघ, काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको भनाइ छ ।

‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ एक चिकित्सकले अनलाइनखबरसँग भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाजञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ।

६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्तपालका निधन भएको थियो । बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?