News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ।
- अभिनेता राजेश हमालले थापालाई 'एकदमै राम्रो सहकर्मी' भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
- थापा र हमालले ३१ फिल्ममा सहकार्य गरेका थिए, जसमा भाउजु, देउकी, अपराध लगायत छन्।
काठमाडौं । अभिनेता सुनिल थापाको निधनमा प्रशंसक, सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
थापासँगै दर्जनौं फिल्ममा सहकार्य गरेका अभिनेता राजेश हमालले थापा राम्रो सहकर्र्मी रहेको बताएका छन् ।
निधन लगत्तै सामाजिक सञ्जालमा हमालले लेखेका छन्, ‘सुनिल, तिमी एकदमै राम्रो सहकर्मी थियौ, तिमीले यस्तो खाली ठाउँ छोड्यौ जुन कहिल्यै भरिन सक्दैन । नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो सिनेमा यात्रा म तपाईंप्रति समर्पित गर्दछु ।’
जुन फिल्ममा हमाल नायक हुन्थे, ती फिल्ममा थापा खलनायकको रुपमा प्रस्तुत हुन्थे । हिरो र भिलेनको रसायन यी दुई कलाबारबीच मिलेको देखिन्थ्यो ।
यी दुईजना कलाकारले ३१ फिल्ममा सहकार्य गरेका थिए जसमा भाउजु, देउकी, अपराध, चाहना, परिभाषा, सडक, ज्वाला, छोरी बुहारी, सिन्दुर पोते, भरिया, गाउँले, कान्छा लगायत छन् । पछिल्लोपटक सन् २०१४ को फिल्म ‘मुखौटा’ सँगै देखिएका थिए ।
थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिक्रिया 4