+
+
Shares

राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को मर्मस्पर्शी गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक गरिएको छ।
  • फिल्ममा प्रवासी जीवनको संघर्ष र मानसिक स्वास्थ्य समस्याको कथा समेटिएको छ र छायांकन अमेरिकामा गरिएको छ।
  • फिल्म १५ फागुनदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ र श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेका छन्।

काठमाडौँ । राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय थलोमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय छ । सार्वजनिक गीतमा प्रताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द छ ।

नेपालबाट उज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन्

प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए । उनले भने, ‘फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’

मानसिक स्वास्थ्य समस्या र समाधानको विषयको कथावस्तुमा फिल्म निर्माण भएको । फिल्ममा स्वयम् निर्देशक श्यामसँगै राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीको पनि अभिनय छ ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको छ । छायाँकार समेत रहेका रविन आचार्य निर्माता रहेको फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

पटकथा र संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यो फिल्म १५ फागुनदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?