+
+
Shares

देश विकासमा सबै लाग्नुपर्छ : अभिनेता हमाल

रासस रासस
२०८२ पुष २७ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चलचित्रका अभिनेता राजेश हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए।
  • हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्ने र नेतृत्व चयनमा जनताले जिम्मेवारी लिनुपर्ने आग्रह गर्नुभयो।
  • इस्टर्न सहारा कम्पनीले स-साना पुँजी एकीकृत गरी हरित ऊर्जामा लगानी गर्ने उद्देश्य लिएको अध्यक्ष महेन्द्र गिरीले बताउनुभयो।

बनियानी (झापा) । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आइतबार आयोजित ‘इस्टर्न सहारा कम्पनी लिमिटेड’ को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।’

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा डोर्‍याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उनले आग्रह गरे ।

इस्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उनले भने, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”

इस्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स-साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?