+
+
Shares

अस्ट्रेलियन फोटोग्राफरसँग ७ वर्ष प्रेम सम्बन्धमा थिए राजेश हमाल !

पहिलो दिन भेट हुँदा साँझ अबेरसम्म कुरा गरेर छुटेपछि राजेशलाई लागेको थियो, अब सायद भेट हुँदैन । भए पनि जसरी संयोगले पहिलोपटक भेट भयो, त्यसैगरी फेरि होला पनि अथवा नहुन पनि सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले आफ्नो आत्मवृत्तान्त 'युगदेखि युगसम्म' मा सात वर्षसम्म एक अष्ट्रेलियन युवतीसँग प्रेम सम्बन्ध रहेको खुलाएका छन्।
  • राजेशले ती युवतीसँग दिल्ली र काठमाडौंमा एक वर्षसम्म सँगै बसेको र बुवाआमालाई खबर नगरेको उल्लेख गरेका छन्।
  • उनले प्रेम सम्बन्ध टाढा हुनुको कारण झगडा नभई स्वतन्त्र स्वभाव भएको र आफ्नो बाटो लागेको बताएका छन्।

काठमाडौं । अभिनेता राजेश हमालको आत्मवृत्तान्त ‘युगदेखि युगसम्म’ अहिले चर्चामा छ । गतसाता प्रकाशित भएको यो किताबमा हमालको पारिवारिक, फिल्म, प्रेम सम्बन्धसहितका धेरै किस्सा समावेश छ ।

विवाहअघि हमाल गुपचुप प्रेम सम्बन्धलाई लिएर चर्चामा आउँथे । पुस्तकमा उनले आफ्नो प्रेम जीवनलाई खुलेर सार्वजनिक गरिदिएका छन् ।

जवानीमा आफू ७ वर्ष जति एक अष्ट्रेलियन युवतीसँग प्रेम सम्बन्धमा रहेको बताएका छन् । एक अस्ट्रेलियन टेलिभिजनमा काम गर्ने फोटोग्राफरसँग आफू प्रेम सम्बन्धमा रहेको तर, काम विशेषले अलग भएको सम्झना उनले गरेका छन् ।

ठमेलमा एक रेष्टुरेन्टमा संयोगले भेटिएकी र त्यहीँ चिनजान भएपछि ती युवतीसँग करिब ७ वर्ष सम्बन्धमा रहेको राजेशले बताएका छन् ।

पहिलो दिन भेट हुँदा साँझ अबेरसम्म कुरा गरेर छुटेपछि राजेशलाई लागेको थियो, अब सायद भेट हुँदैन । भए पनि जसरी संयोगले पहिलोपटक भेट भयो, त्यसैगरी फेरि होला पनि अथवा नहुन पनि सक्छ ।

तर, पहिलो दिनको भेटमा उनले आफू कम्बोडिया हुँदै नेपाल आएको र एक वर्षसम्म विश्वका विभिन्न देश घुम्छु भनेर घरबाट नस्किएकी थिइन् ।

उनी अष्ट्रेलियाको नाइन टीभीमा दश वर्ष काम गरेकी व्यवसायिक फोटोग्राफर थिइन् । एक वर्षको बिदा लिएर उनी नेपाल घुम्न आएकी थिइन् ।

ठमेलतिर राजेश गए तर चार/पाँच दिनसम्म ती युवतीसँग उनको भेट भएन । तर, एक दिन ठमेलका एक व्यापारी जोसँग राजेशको सामान्य हेलो हाइमात्रै थियो । उनले तीनै युवतीलाई लिएर कपुरधारास्थित राजेशको घर पुगे । ती व्यापारी राजेशको घरमा ती अष्ट्रेलियन युवतीलाई छोडेर ठमेल फर्किए । अष्ट्रेलियन युवती राजेशकै घरमा बसिन् ।

त्यसपछि राजेश र ती अष्ट्रेलियन युवतीको नियमित भेट हुन थाल्यो । एक महिनाजति पछि राजेश बुवाआमालाई भेट्न दिल्ली गए । अष्ट्रेलियन युवती पनि दिल्ली घुम्न भन्दै उहीँ पुगिन् ।

राजेश र उनको फेरि दिल्लीमै भेट भयो । राजेशका बुवा राजदूत थिए । त्यसैले दूतावासको क्वाटरमा बस्थे । राजेशले कफी खान बोलाएको बेला राजेशका बुवाले ती युवतीलाई कोठामै भेटे ।

राजेशका बुवाले यो लफंगाको पछि लागेर तिमी किन समय बर्बाद गरिरहेकी छौ भनेर सोधे । उनले राजेश काम नलाग्नेभन्दा पनि आफूलाई डायनामिक लागेको बताइन् ।

गर्लफ्रेन्डकै अगाडि बुवाले आफ्नो बेइजत गरेपछि राजेश त्यही दिन अष्ट्रेलियन गर्लफ्रेन्डलाई लिएर त्यहाँबाट निस्किए । त्यसपछि उनीहरू दिल्लीकै कनाट प्लेसको एक होटेललागयत विभिन्न ठाउँमा बसे ।

करिब एक वर्ष उनीहरू भारतका विभिन्न ठाउँमा बसेको उनले खुलाएका छन् ।

एक वर्षपछि काठमाडौं आएपछि पनि ठमेलकै एक होटलमा कोठा लिए उनीहरू सँगै बसेका थिए । नेपाल आएको आठ/नौ दिनपछि मात्रै राजेश होटेलमै व्याग राखेर घर गएका थिए । एक वर्षसम्म उनले बुवाआमालाई उनले खबर गरेका थिएनन् ।

उनीहरूले यसरी घुम्ने, बस्ने र खाने खर्च राजेशले आफूलाई हजुरआमाले दिएको पैसा र ती युवतीले १० वर्ष टेलिभिजनमा काम गर्दा जम्मा भएको पैसाबाट जुटाएका थिए । उनलाई बेलाबेला अस्ट्रेलियाबाट खर्च आउने गरेको राजेशले पुस्तकमा उल्लेख गरेका छन् ।

यो सन् १९८८ को कुरा थियो । दिल्लीबाट काठमाडौं आएको करिब एक महिनामा राजेशलाई चलचित्र ‘युगदेखि युगसम्म’बाट अफर आयो । साथै, आफ्नो डेब्यू फिल्म ‘युगदेखि युगसम्म’ को छायांकन सेटमा ती अस्ट्रेलियन प्रेमिका आउने गरेको समेत राजेशले खुलाएका छन् ।

एक वर्षका लागि भनेर विश्व भ्रमणमा निस्किएकी उनी राजेश हमाललाई भेटेपछि सात वर्ष नेपालमै बसिन् । ‘युगदेखि युगसम्म’को प्रिमियरमा राजेशका घरका कोही सदस्य थिएनन्, तिनै अष्ट्रेलियन गर्लफ्रेन्ड मात्रै थिइन् ।

राजेश सिनेमामा व्यस्त हुन थालेपछि उनीसँगको भेटघाट पातलियो । र, राजेश र उनकी अष्ट्रेलियन गर्लफ्रेन्डबीच विस्तारै टाढाटाढा हुँदै गए ।

तर, राजेशले पुस्तकमा कुनै झगडा भएर वा असहमति भएर टाढा नभएको बताएका छन् । आफू पनि स्वतन्त्र र उनी पनि स्वतन्त्र स्वभावको भएकाले आफूहरू आफ्नो आफ्नो बाटो लागेको उनले बताएका छन् ।

राजेशले पुस्तकमा आफ्ना रोचक सम्बन्धसँगै जिन्दगीका तीतामिठा अनुभव सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?