+
+
Shares

राजेश हमालभित्र अमिताभ र धर्मेन्द्र दुबैजना छन् : ‘शोले’ निर्देशक

‘म एउटा कुरा भन्न चाहन्छु । नेपाल यो अर्थमा भाग्यमानी छ कि अमिताभ र धर्मेन्द्र दुबैजना तपाईं (राजेश हमाल) मा छ’ सिप्पीले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड निर्देशक रमेश सिप्पीले अभिनेता राजेश हमाललाई नेपालका अमिताभ बच्चन र धर्मेन्द्र भएको बताएका छन्।
  • सिप्पी र हमालबीच नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा 'सिनेमा संवाद' कार्यक्रम अन्तर्गत फिल्म 'शोले' विषयमा कुराकानी भएको थियो।
  • सिप्पीले फिल्म 'शोले' को छायांकन १९७३ अक्टोबर २ मा सुरु भएको र बजेट तीन करोड पुगेको जानकारी दिएका छन्।

काठमाडौं । बलिउडको चर्चित कल्ट-क्लासिक फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले अभिनेता राजेश हमाललाई नेपालका अमिताभ बच्चन र धर्मेन्द्र भएको बताएका छन् ।

सिप्पीले यसो भन्दा हमालले कुनै मौखिक प्रतिक्रिया त जनाएनन् तर, हमालले आफ्नो बडि-ल्यांग्वेज र मौनताबाट त्यसलाई स्वीकारेको जस्तो देखिन्थ्यो । ‘म एउटा कुरा भन्न चाहन्छु । नेपाल यो अर्थमा भाग्यमानी छ कि अमिताभ र धर्मेन्द्र दुबैजना तपाईं (राजेश हमाल) मा छ’ सिप्पीले भनेका छन् ।

भारत र नेपालका यी दुई ठूला फिल्मकर्मीबीच नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दोस्रो दिन संवाद भएको थियो । ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रममा यी दुईजना गफिए ।

पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले फिल्म ‘शोले’का विषयमा खुलेर कुराकानी गरेका थिए ।

लेखकद्वय सलीम-जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो । त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए । म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौं जसमा सबै तत्वहरू थिए ।’

अभिनेता हमालले फिल्मका सबै पात्रसहित घोडाकोसमेत नाम दर्शकलाई याद हुने गरी अद्भुत फिल्म ‘शोले’ निर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे ।

स्क्रिप्ट तयार भएको ६ महिनामा छायाङ्कन सुरु भएको सिप्पीले सुनाए । उनका अनुसार यो फिल्म एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ छायाङ्कन सुरु भएको थियो ।

उनले थपे, ‘तर बन्दै जाँदा यो ३ करोड पुग्यो । मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।’

हमालले सिप्पीलाई ‘यो फिल्म असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गरे । सिप्पीले भने, ‘म यहाँ (निफमा) हुँदैन थिएँ ।’ करिब १ घण्टा हमाल र सिप्पीबीच संवाद भएको थियो ।

शुक्रबारदेखि नै निफ अन्तर्गत रहेर ‘रसियन फिल्म डेज’ पनि सुरु भएको छ । फिल्म ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमको सुरुवात गरिएको हो ।

सिजाङ प्यानोरोमा अन्तर्गत चिनियाँ फिल्महरूको स्क्रिनिङ पनि शुक्रबारबाटै सुरु भएको छ । निफको तेस्रो दिन शनिबारका गतिविधि सिभिल मल, छाया सेन्टर, रसियन हाउस र पर्यटन बोर्डमा भैरहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?